समाजिक फीड
जनकपुरधाम, पुस २९ गते ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकिएको छ ।
निर्वाचन आयोगले आइतवार एक सूचना जारी गर्दै उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने सूचनामा उल्लेख छ ।
राष्ट्रिय सभाका १९ सिटका लागि अगामी माघ ११ गते निर्वाचन हुँदैछ।
उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देश गरेको छ ।
‘यसरी खर्च गर्दा उम्मेदवारको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उनको नाम नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोग निर्देशन गर्दछ,’ आयोगका प्रवक्ता सहसचिव शालिकराम पौडेलद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नसमेत आयोग निर्देश गर्दछ।’