बर्दिया, २९ पुष । बर्दियाको मधुवनमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
आइतबार बिहान मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनीको आगोले जलेर मृत्यु भएको छ ।
घरको बरण्डामा आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।