समाजिक फीड
रौतहट, पुस २९ गते ।
रौतहट जिल्ला स्थित एक प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवनमा गुणस्तरहीन काम भएको भन्दै थप निर्माणमा रोक लगाइएको छ ।
कटहरिया स्थित रहेको स्वास्थ्य केन्द्रको १५ बेडको भवनको निर्माणमा गुणस्तरहीन काम भएको भन्दै थप
काम गर्न पुर्व मेयर सियाराम कुशवाहा सहित स्थानीयले रोकका हुन् ।
संघीय सरकारको १९ करोड ७५ लाख बजेटमध्ये घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनञ्जय चौधरी जेविले ११ करोडमा टेण्डर साकार गरेको थियो ।
२ वर्ष भित्र प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको हाता भित्र १५ सैंयाको भवन निर्माण गर्नुपर्ने सम्झौता भएको थियो ।
महालक्ष्मी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीले रोलर नै न चलाई जगमुनी ढलान गर्न सुरु गरेपछि आफहरुले काम रोकेको पूर्व मेयर कुशवाहाले बताए ।
उनका अनुसार शनिवार साँझदेखि निर्माण कार्य रोकिएको हो । नगरपालिकाको ईन्जिनियरले इस्टिमेट र निर्माण बारे स्पष्ट पारेपछि मात्र काम सुरु हुन दिने कुशवाहाको भनाई छ ।
उनका अनुसार भवन निर्माणमा ठेकदारले पुरानो कवाडी रड प्रयोग गरिरहेको पाइएको छ।
भवन निर्माण हुने स्थानमा ठुलो खाडल बनाएर तीनबर्ष सम्पर्क विहीन रहेका ठेकदार उपेन्द्र चौधरी बल्लतल्ल निर्माण काम सुरु गरेका छन् ।