सङ्खुवासभाको सिप्रुङमा हेलिकप्टर दुर्घटना

सङ्खुवासभा, २२ वैशाख । सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हेलिकप्टरमा १ पाइलट र ३ यात्रु रहेका थिए । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए । घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । […]
साना बच्चाको आँखामा गाजल लगाउने कि नलगाउने ?

२१ वैशाख, जनकपुर । शिशु जन्मिएको केहि दिनपछि हाम्रो समाजमा शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । गाजल लगाउदा बच्चा सुन्दर हुन्छन्, गाजलले झनै ‘क्युट’ देखिन्छन् । हाम्रो समाजमा चलन छ। वास्तवमा शिशुको लागि गाजल कति लाभदायक र हानिकारक हुन्छ हामीलाई थाहा छ। गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि ठूलो हुन्छ […]
बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरा, २१ वैशाख । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । बिछिया भन्ने स्थानमा केन्द्रबिन्दु भई आज दिउँसाे १:१७ बजे भूकम्प गएको हो । ४ दशमलव १ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । samajik_feedsamajikfeed.com
सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ, २१ वैशाख । पूर्वउर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा उपस्थित गरिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका रायमाझीलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार बिहान बुटवलबाट काठमाडौँ ल्याइएर जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी […]
नेपाली कांग्रेसबाट सरकारमा तीन मन्त्री थपिए

काठमाडौँ, २० वैशाख । सरकारले पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको तर्फबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाई नियुक्त गर्नुभएको हो । गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण भने बिहीबार हुने राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार […]
मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश ल्याइयो

काठमाडौँ, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी गरेका छन् । बुधबार सरकारले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्काे बैठकले मिटरब्याजीको समस्या समाधानका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि पीडितहरूसँग भएको सहमतिबमाेजिम मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरिकसकेको […]
पक्राउ पुर्जी जारी भएपछि सचिव टेकनारायण पाण्डे पुगे प्रहरी कार्यालय

२० वैशाख, जनकपुर । उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रहरी कार्यालयमा उपस्थित भएका छन् । जिल्ला प्रहरी परिसर टेकुमा गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी उपस्थित भएका हुन् ।गृहमन्त्री रामबहादुर थापा बादलका मंगलबार मात्र तत्कालीन प्रहरीले सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । राईमाथि […]
बुधबार सुनको मूल्य बढ्यो

काठमाडाैँ, २० वैशाख । बुधबार सुनको मूल्य बढेको छ । सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको हो । सुनको मूल्य एक लाख १० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ […]
सत्तारुढ गठबन्धन दलको बैठक बोलाइयो

काठमाडौँ, २० वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, गठबन्धनमा रहे पनि […]
रास्वपा सभापति लामिछानेका सवारी चालक थापाको निधन

काठमाडौँ, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारका क्रममा निधन भएको छ । गत ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका ३९ वर्षीय चालक थापाको निधन भएको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ निवासी थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । उनको टाउकोमा गहिरो चोट लागेको […]