Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी गरेका छन् । बुधबार सरकारले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्काे बैठकले मिटरब्याजीको समस्या समाधानका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि पीडितहरूसँग भएको सहमतिबमाेजिम मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरिकसकेको छ ।

यो आयोगले जनकपुरधाममा कार्यालय स्थापना गरी काम पनि सुरु गरिसकेकाे छ । मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँचबुँदे सहमति गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *