२१ वैशाख, जनकपुर । शिशु जन्मिएको केहि दिनपछि हाम्रो समाजमा शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । गाजल लगाउदा बच्चा सुन्दर हुन्छन्, गाजलले झनै ‘क्युट’ देखिन्छन् । हाम्रो समाजमा चलन छ। वास्तवमा शिशुको लागि गाजल कति लाभदायक र हानिकारक हुन्छ हामीलाई थाहा छ। गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि ठूलो हुन्छ भन्ने सोच समाजमा देखिन्छ । तर यो कति सही छ त ?
बाल नेत्ररोग विशेषज्ञ अनुसन्धानका कर्ताहरुको अनुसार । शिशुको आँखामा गाजल लगाइदिन जरुरी नभएको आँखा त्यसै सुन्दर हुन्छ, बच्चाको आँखामा गाजल लगाउन जरुरी हुँदैन । गाजलले आँखामा विभिन्न समस्या ल्याउन सक्छ।
केहिदिन देखि भइरहेको अध्ययनले पनि नवजात शिशुको आँखामा गाजल लगाउनु हानिकारक हुनसक्ने देखाएका छन् ।
आँखामा गाजल लगाउँदा चिसो नपस्ने भन्ने कुरामा पनि सत्यता छैन,’ विशेषज्ञ भन्छन, नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पुर्याउन सक्छ ।
विशेषज्ञ अनुसार गाजल लगाउने क्रममा कर्निया पनि ड्यामेज हुने सम्भावना हुन्छ । कर्नियामा लगातार क्षति पुगेमा कोर्नियल अल्सरको जोखिम हुन्छ ।
गाजलमा हुने लिड कार्बन जस्ता केमिकल हुन्छ, जसलाई टिकाउन तेल पनि प्रयोग हुन्छ । ‘यो आँखाको लागि जोखिमयुक्त मानिन्छ,’ विशेषज्ञ बताउछन
त्यसैले आँखालाई राम्रो बनाउने चक्करमा आँखा बिग्रिन सक्ने हुँदा गाजल नलगाउन विशेषज्ञ भन्छन।