Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २० वैशाख । सरकारले पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको तर्फबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाई नियुक्त गर्नुभएको हो ।

गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण भने बिहीबार हुने राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले जानकारी दिएका छन् ।

बस्नेत कांग्रेस सभापति देउवा निकट हुन् भने गुरुङ र लिम्बु नेता शेखर कोइराला निकट मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *