काठमाडौँ, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारका क्रममा निधन भएको छ ।
गत ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका ३९ वर्षीय चालक थापाको निधन भएको हो ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ निवासी थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।