नक्कली शरणार्थी प्रकरणका आरोपीलाई थप तीन दिन हिरासतमा राखिने

काठमाडौँ, ३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न थप तीन दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो । केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, […]
निरन्तर दोस्रो दिन पनि बढ्यो सेयर बजार

३ जेठ, जनकपुर । कारोबारको दोस्रो दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। दोस्रो कारोबार दिन नेप्से करिब ३ अंकले बढेर बन्द भएको हो। नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२० अंक बढेको छ। […]
महोत्तरीको गौशालामा ८२ किलो गाँजासहित दुई जना पक्राउ

महोत्तरी, ३ जेठ । महोत्तरीमा ८२ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले बुधबार उनीहरूलाई गौशाला नगरपालिका–१२ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका २७ वर्षीय पाण्डव थापा छन् । ८२ किलोग्राम लागुऔषध गाँजा बोकेर बाँके खोलाको बाटो हुँदै कान्तिबजार […]
रेशम चौधरीको रिहाइको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौँ, ३ जेठ । रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले आन्दोलनको घोषणा गरेको छ । नाउपाले आज पत्रकार सम्मेलन गरी कोणसभा, प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीले कोणसभा र प्रदर्शनबाट माग पूरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने चेतावनी पनि दिएको छ । नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको […]
सार्वजनिक यातायातको भाडादर घट्यो (सूचीसहित)

काठमाडौँ, ३ जेठ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो । विभागले आज सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडा समायोजन गरिएको जनाएको छ […]
गृहमन्त्री श्रेष्ठले भने– ‘शरणार्थी प्रकरणमा जस्तो सुकै दबाब आए पनि सरकार झुक्दैन’

काठमाडौँ, २ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तो सुकै दबाब आए पनि नझुक्ने दृढता व्यक्त गरेका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै पक्षपात नहुने भन्दै जस्तो सुकै दबाब आए पनि नझुक्ने बताएका हुन् । अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा […]
आईपीएलमा आज मुम्बई र लखनउ भिड्ने

भारत, २ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । यो खेल लखनउमा बेलुका पौने ८ बजे सुरु हुनेछ । अङ्क तालिकामा मुम्बई १२ खेलमा १४ अङ्कसहित तेस्रो स्थानमा र समान खेलमा १३ अङ्कसहित लखनउ चौथो स्थानमा छ। आईपीएल क्रिकेटमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै शीर्ष […]
प्रधानमन्त्री दाहाल र १० दलका नेताहरूबीच आज छलफल

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र १० दलका नेताहरूबीच आज छलफल हुने भएको छ । प्रधानमन्त्री दाहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरूलाई बोलाएर सरकारको आगामी नीति तथा कार्यक्रम, बजेटलगायतका विषयमा छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा साँढे २ बजे हुनेछ । बैठकमा नेपाली कांग्रेस, […]
नेप्सेमा निरन्तर चौथो दिन ओरालो कायम

१ जेठ, जनकपुर । नेप्सेमा निरन्तर चौथो दिन पनि ओरालो लागेको छ। गत बुधबार देखि ओरालो लागेको नेप्से आज ३.३४ अंकको सामान्य गिरावट भएको छ। शेयर मार्केट साताको दोस्रो दिन ३.३४ अंक घटेर १८१८.३१ विन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.५७ अंक, फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ। विकास […]
सांसद् झाको प्रश्न– विपद्का बेला नभेट्ने नेताहरूको अहिले किन तारम्तार भेट ?

काठमाडौँ, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नक्कली शरनार्थी प्रकरणमा धरपकडसँगै तीन दलका शीर्ष नेताहरूबीचको भेटघाट बाक्लिनुमा आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद् झाले मुलुकमा विपदहरू पर्दा चासो नदिने ठूला नेताहरू अहिले भने तारम्तार भेटिइरहेको खबरहरू आइरहेको भन्दै आशंका व्यक्त गरेका हुन् । बैठकमा उनले भने, ‘तीन दलका नेताहरू […]