Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र १० दलका नेताहरूबीच आज छलफल हुने भएको छ ।

प्रधानमन्त्री दाहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरूलाई बोलाएर सरकारको आगामी नीति तथा कार्यक्रम, बजेटलगायतका विषयमा छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा साँढे २ बजे हुनेछ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *