Samajik Feed – News Portal from Nepal

महोत्तरी, ३ जेठ । महोत्तरीमा ८२ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले बुधबार उनीहरूलाई गौशाला नगरपालिका–१२ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका २७ वर्षीय पाण्डव थापा छन् ।

८२ किलोग्राम लागुऔषध गाँजा बोकेर बाँके खोलाको बाटो हुँदै कान्तिबजार आउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन् । ट्र्याक्टर चालक, सहायक चालक र ट्र्याक्टरलाई ईलाका प्रहरी कार्यालय गौशालामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *