Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नक्कली शरनार्थी प्रकरणमा धरपकडसँगै तीन दलका शीर्ष नेताहरूबीचको भेटघाट बाक्लिनुमा आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद् झाले मुलुकमा विपदहरू पर्दा चासो नदिने ठूला नेताहरू अहिले भने तारम्तार भेटिइरहेको खबरहरू आइरहेको भन्दै आशंका व्यक्त गरेका हुन् ।

बैठकमा उनले भने, ‘तीन दलका नेताहरू पटक–पटक भेटिइरहेका समाचार हामी सुन्छौँ, देशमा केही आपत परेको बेलामा बाढी, पहिरो, भूकम्प वा अन्तर्राष्ट्रिय जगतसँग सम्बन्धित विपद् परेका बेला नेताहरू यति तारम्तार भेटिइरहेको समाचार त सुन्दैन्थ्यौँ हामी ।’

यो प्रकरणका संदिग्धहरूको नाम पक्राउ पर्नुअघि नै सार्वजनिक हुने गरेकोप्रति पनि उनको आपत्ति छ ।

सांसद् झाले नक्कली शरनार्थी प्रकरणमा संलग्न रहेको भनेर आशंका गरिएका व्यक्तिहरूको नाम किस्ता किस्तामा किन सार्वजनिक भइरहेको भन्दै प्रश्नसमेत गरे ।

उनले भने, ‘संदिग्धहरूले आफ्नो मोबाइल फर्मेट गर्ने, लुक्ने, समाचारहरू सुल्झाउने र योजनावद्ध रूपमा सार्वजनिक हुने मौकाहरू पाइरहेका छन् । केहीहरू फरार पनि हुँदैछन् रे भनेर सुनिँदैछ । यस्तो किन हुन्छ ?’

प्रहरीले गोप्यता कायम गर्न नसक्दा यो घटनामा संलग्नहरू फुत्किने गरेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *