Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३ जेठ । रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

नाउपाले आज पत्रकार सम्मेलन गरी कोणसभा, प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

पार्टीले कोणसभा र प्रदर्शनबाट माग पूरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने चेतावनी पनि दिएको छ । नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरेका छन् ।

उपाध्यक्ष पण्डितले जेठ पाँच गतेसम्म देशभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने जनाएको छ। । त्यसपछि पनि माग पूरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी उनले दिए । यो अदालती मुद्दा नभई राजनीतिक मुद्दा भएकाले सरकारले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा पण्डितले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *