बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

उदयपुर, असार १७ । उदयपुरमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका ३ दगले बस्ने ३५ वर्षीय मकरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले […]
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

काठमाडौँ, १७ असार । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचारी ठहर भएका छन् । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष तीन महिनाको कैद सजाय सुनाएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले शुक्रबार यस्तो फैसला सुनाएको छ । खड्कासमेत चारलाई […]
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

काठमाडौँ, १५ असार । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । रौनियारलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । पूर्वसांसदसमेत रहेका रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाडौँमा पत्राचार गरेको थियो । बाँकेमा दर्ता भएको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बाँकेमा रौनियारविरुद्ध ठगी मुद्दा दर्ता भएको छ […]
ललिता निवास प्रकरण : सरकारको नाममा कारण देखाउ आदेश

काठमाडौँ, १५ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश डा. कुमार चुँडालको इजलासले यस्तो आदेश जारी गरेको हो । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका मीनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अबैध […]
पोखरामा आज सातवटै प्रदेशका मुख्यमन्त्री भेला हुँदै

काठमाडौँ, १४ असार। कास्कीको पोखरामा आज सातवटै प्रदेशका मुख्यमन्त्री भेला हुँदैछन् । गण्डकी प्रदेश सरकारको अगुवाइमा हुन लागेको भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ। भेलामा प्रधानमन्त्री दाहालले सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रदेशसँगको असमझदारी हटाउनेबारे छलफल गर्ने जनाइएकाे छ । भेलामा अन्तरप्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुनेछ। मुख्यमन्त्रीको भेला दोस्रो पटक […]
महिला कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक वकिल पक्राउ

काठमाडौँ, १४ असार । ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक वकिल पक्राउ परेका छन् । अदालतकी महिला कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले वकिल अमिर लामिछानेलाई पक्राउ गरेको हो । महिला कर्मचारीले प्रहरीमा जाहेरी दिएपछि वकिल लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिएका छन् । अदालतको मिसिल नदिएको […]
निजि विद्यालयका शिक्षकलाई सामुदायिक सरह तलब दिन बालेनको निर्देशन

काठमाडौँ, १४ असार। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले निजि विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् । संस्थागत विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै मेयर साहले बिहीबार यस्तो निर्देशन दिएका हुन् । उनले ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको […]
तत्कालीन राष्ट्रपतिसहित १३ जनाको नाम पशुपतिनाथको जलहरीबाट मेटाइयो

काठमाडौँ, १४ असार । पशुपतिनाथ मन्दिरको जलहरीमा कुँदिएको तत्कालीन राष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीसहित १३ जनाको नाम मेटाइएको छ । पशुपतिमा जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि जलहरीमा लेखिएका नाम मेटाएर राखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताए । मन्त्री किराँतीले बुधबार जलहरी मन्दिरमा राखिएको बताए । आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको […]
संघीय सरकारको बजेट बहुमतले पारित

सामाजिक फीड- काठमाडौँ, १३ असार। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधिसभाले पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट बहुमतले पारित गरेको हो । मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले बजेटको पक्षमा मतदान गरेका […]
शिक्षा सुधारको माग गर्दै धनुषाको लक्ष्मीनियाँमा प्रदर्शन

धनुषा, १३ असार । धनुषाको लक्ष्मीनियाँस्थित श्री सोनामाई राष्ट्रिय प्राथमिक विद्यालय सोहनीको गुणस्तर सुधारको माग गर्दै प्रदर्शन भएको छ । बुधबार विद्यार्थी तथा स्थानीयवासीले विद्यालय अव्यवस्थित भएको भन्दै गाउँपालिकामा प्रदर्शन गरेका हुन् । उनीहरूले विद्यालयमा शिक्षकको अभाव रहेको र कक्षा कोठाहरू जीर्ण रहेको भन्दै तत्काल यसतर्फ ध्यान दिन स्थानीय सरकारसँग आग्रह गरेका छन् । सामुदायिक […]