काठमाडौँ, १४ असार । ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक वकिल पक्राउ परेका छन् ।
अदालतकी महिला कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले वकिल अमिर लामिछानेलाई पक्राउ गरेको हो ।
महिला कर्मचारीले प्रहरीमा जाहेरी दिएपछि वकिल लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिएका छन् ।
अदालतको मिसिल नदिएको भन्दै उनले कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ । उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा अघि बढाउने प्रहरीले जनाएको छ ।