उदयपुर, असार १७ । उदयपुरमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका ३ दगले बस्ने ३५ वर्षीय मकरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।