Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १७ असार । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचारी ठहर भएका छन् । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष तीन महिनाको कैद सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले शुक्रबार यस्तो फैसला सुनाएको छ । खड्कासमेत चारलाई प्रतिवादी बनाउँदै अख्तियारले २३ पुस ०७५ मा दायर गरेको मुद्दामा फैसला गर्दै दोषी ठहर गरेको हो ।

विशेषका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले गोपाल खड्काको नाममा रहेको नौ करोड १९ लाख ६ हजार रुपियाँभन्दा बढी बिगोबमोजिम जरिवाना हुने फैसला भएको बताए । यसबाहेक मुद्दामा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी गोपालकी श्रीमती शर्मिला खड्का तथा अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति जफत हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *