काठमाडौँ, १४ असार। कास्कीको पोखरामा आज सातवटै प्रदेशका मुख्यमन्त्री भेला हुँदैछन् ।
गण्डकी प्रदेश सरकारको अगुवाइमा हुन लागेको भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ। भेलामा प्रधानमन्त्री दाहालले सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रदेशसँगको असमझदारी हटाउनेबारे छलफल गर्ने जनाइएकाे छ ।
भेलामा अन्तरप्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुनेछ। मुख्यमन्त्रीको भेला दोस्रो पटक हुन लागेको हो।
यसअघि २१–२२ २०७५ भदौंमा गण्डकीकै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलो पटक मुख्यमन्त्रीको भेला भएको थियो ।