Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १५ असार । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । रौनियारलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।

पूर्वसांसदसमेत रहेका रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाडौँमा पत्राचार गरेको थियो ।

बाँकेमा दर्ता भएको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बाँकेमा रौनियारविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *