Samajik Feed – News Portal from Nepal

एमालेद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौँ, २२ असार । शुक्रबार पनि एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठकको सुरुमै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान […]

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की अदालत जाने

विराटनगर, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीविरुद्ध पूर्वमुख्यमन्त्री हिक्मत कार्की अदालत जाने भएका छन् । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बिहीबार गैरसंवैधानिक ढंगमा मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाउँदै कार्की अदालत जाने भएका हुन् । सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानविपरीत भएको कार्की आबद्ध पार्टी एमालेको ठहर छ । संविधानको धारा […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर, २१ असार । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्ले थापालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता […]

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् रिजल्ट

काठमाडौँ, २१ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि गत चैत १७ गतेदेखि २९ गतेसम्म चलेको एसईई परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । यसपटक २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिएका छन् । अघिल्लो वर्ष […]

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौँ, २१ असार । नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ । बिहीबार बसेकाे राष्ट्रियसभाको बैठकमा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेका हुन् । एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री दाहालले सोमबार एउटा कार्यक्रममा दिएको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामाथि आँच आएको भन्दै राजीनामा दिनुपर्ने माग गरे । उनले स्वाधीन राष्ट्रलाई […]

गुडिरहेको बसमा करेन्ट प्रवाह, दुई जनाको मृत्यु

काठमाडौँ, २१ असार । सल्यानमा गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एक जना गम्भीर घाइते भएका छन् । बिहीबार दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोलानजिक लत्रिएको विद्युत तारले रा. १ ख ८३४ नम्बरको बसमा छुँदा करेन्ट प्रवाह भएको हो । बसभित्र करेन्ट प्रवाह हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको अध्यादेश निष्क्रिय

काठमाडाैँ, २० असार । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको अध्यादेश निष्क्रिय भएको छ । मिटरब्याज पीडितका समस्या समाधानका लागि मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सरकारले वैशाख २० गते ल्याएको थियो । सोही अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयक बुधबार संसदबाट पारित हुन सकेन । संविधानअनुसार कुनै पनि अध्यादेश संसद बैठक बसेको […]

रूपन्देही कोटहीमाईमा घुससहित इन्जिनियर पक्राउ

रूपन्देही, २० असार । रूपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव ४५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर यादवलाई बुधबार घुस रकमसहित पक्राउ गरेको हो । कोटहीमाई वडा नम्बर ७ अन्तर्गतको सडक पीसीसी र ग्राभेल गर्ने कामको नापजाँच पछि भुक्तानी दिनको लागि सेवाग्राहीसँग घुस माग गरेको उनीमाथि आरोप छ । […]

आर्थिक वर्षको क्लोजिङ नजिकिंदा शेयर बजारमा प्रभाव

आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा लगानीकर्ताहरुले ब्याजको रकम जोहो गर्न शेयर बिक्री गर्दा यस दिन बजारमा बिक्रीचाप बढेको छ।नेप्से परिसूचक ३९.२६ अंक घटेर २०४९.४४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंक घटेको छ। असार मसान्तमा क्लोजिङको समय भएकोले बैंकहरूले […]

मधेश प्रदेशको योजनामा भ्रष्टाचार, सिम्राैनगढका अधिकृतसहित सात जना विरुद्ध मुद्दा दायर

काठमाडौँ, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहसहित सात जनाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूले गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आयोगको आरोप छ । मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/०७८ मा संचालित […]