Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २१ असार । सल्यानमा गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एक जना गम्भीर घाइते भएका छन् । बिहीबार दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोलानजिक लत्रिएको विद्युत तारले रा. १ ख ८३४ नम्बरको बसमा छुँदा करेन्ट प्रवाह भएको हो । बसभित्र करेन्ट प्रवाह हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेहरूमा रोल्पाको गंगादेब गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगी रहेको प्रहरी जनाएको छ । घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *