Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २१ असार । नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ । बिहीबार बसेकाे राष्ट्रियसभाको बैठकमा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेका हुन् ।

एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री दाहालले सोमबार एउटा कार्यक्रममा दिएको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामाथि आँच आएको भन्दै राजीनामा दिनुपर्ने माग गरे ।

उनले स्वाधीन राष्ट्रलाई आँच आउने कुरा सह्य नहुने पनि श्रेष्ठले स्पष्ट पारे । प्रधानमन्त्री कहाँबाट परिचालित छन् भनेर श्रेष्ठले प्रश्न पनि गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार साढे १२ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *