रूपन्देही, २० असार । रूपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव ४५ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर यादवलाई बुधबार घुस रकमसहित पक्राउ गरेको हो ।
कोटहीमाई वडा नम्बर ७ अन्तर्गतको सडक पीसीसी र ग्राभेल गर्ने कामको नापजाँच पछि भुक्तानी दिनको लागि सेवाग्राहीसँग घुस माग गरेको उनीमाथि आरोप छ ।