Samajik Feed – News Portal from Nepal

कुवेतलगायत मुलुक जान लागेका एक सय ५६ जनालाई विमानस्थलबाट फर्काइयो

काठमाडाैँ, २८ असार । कुवेतलगायत मुलुक जान लागेका एक सय ५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र असार २८ गते १८ जना गरी १ सय ५६ जनालाई फर्काइएको हो । अध्यागमनका वरिष्ठ अधिकृत झङ्कनाथ ढकालले उनीहरूको […]

एलोन मस्कले नयाँ एआई कम्पनीको घोषणा गरे

एलोन मस्कले बुधबार कृत्रिम बुद्धिमत्तामा केन्द्रित नयाँ कम्पनीको गठन घोषणा गरे, महिनौंदेखि च्याटजीपीटीलाई प्रतिद्वन्द्वी बनाउने योजना बनाएपछि। xAI भनिने कम्पनीले एक वेबसाइट र एक दर्जन कर्मचारीहरूको टोली अनावरण गर्‍यो। नयाँ कम्पनीको नेतृत्व मस्कले गर्नेछ, वेबसाइटका अनुसार, र “हाम्रो मिशनमा प्रगति गर्न X (ट्विटर), टेस्ला र अन्य कम्पनीहरूसँग मिलेर काम गर्नेछ।” “xAI को लक्ष्य ब्रह्माण्डको वास्तविक […]

सेयर बजार दोहोरो अंकले घट्यो, इनान्सका लगानीकर्ताले धेरै गुमाए

असार मसान्तको अन्तिम कारोवार दिन सेयर बजारमा सुचिकृत ऋणपत्रहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। आर्थिक वर्षको अन्त्यसँगै कम्पनीहरुले ऋणपत्रको ब्याज भुक्तानी गर्ने गर्दछन्। मसान्तसम्म कायम ऋणपत्रधनीहरुले सो ब्याज प्राप्त गर्न सक्नेछन्। सोही कारण यस दिन अंकित मूल्य अर्थात १ हजार रुपैयाँ भन्दा कम मूल्यका ऋणपत्रहरुमा लगानीकर्ताहरुको विशेष आकर्षण देखिएको हो। सेयर बजार दोहोरो अंकले घट्दा सेयर […]

अमेरिकी सहायक विदेशमन्त्री लु शुक्रबार नेपाल आउँदै

काठमाडौँ, २८ असार । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । एकदिने भ्रमणका लागि आउन लागेका सहायक विदेशमन्त्री लुले काठमाडौँमा केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेट्ने कार्यक्रम रहेको छ । […]

महोत्तरीमा जनमत पार्टीका नेता तथा कार्यकर्ताले धान रोपाइँमा गरे श्रमदान

महोत्तरी, २८ असार । महोत्तरीमा जनमत पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरी धान रोपाइँमा सहयोग गरेका छन् । बिहीबार बिहान महोतरी गाउँपालिका-५ मा सार्वजनिक श्रमदानअन्तर्गत धान रोपाइँको कार्यक्रम गरिएको हो । धान रोप्ने मुख्य समयमा कृषि मजदुरको अभावका कारण रोपाइँ हुन नसकेपछि मधेशका एक मन्त्रीसहित जनमत पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरेका हुन् । महोत्तरी […]

झापा गाउँपालिका अध्यक्ष साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैँ, २७ असार । झापाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष साहका साथै तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसिहत ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । गाउँपालिकास्थित लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर बाटो बनाउनको लागि […]

सहकारी तथा गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृत झाविरुद्ध मुद्दा दायर

काठमाडाैँ, २७ असार । भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी तथा गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम […]

सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु : मन्टेश्वरीका प्रिन्सिपलसहित तीन जना पक्राउ

झापा, २७ असार । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगरस्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नर्सरीमा अध्ययनरत आठ वर्षे बालक तान्छोपहाङ लिम्बूको सोमबार सेप्टिक ट्याङ्कीमा डुबेर मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विद्यालयका प्रिन्सिपल मेचीनगर-११ का ४५ वर्षीय मनोज […]

लहानस्थित सडक डिभिजनका लेखा अधिकृत १ लाख घुससहित पक्राउ

सिरहा, २६ असार । सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयका लेखा अधिकृत पदमविनोद पोखरेल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले पोखरेललाई एक लाख घुससहित रंगेहात पक्राउ गरेको हो । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पोखरेलले सेवाग्राहीबाट […]

मधेश प्रदेश: बजेट रकमान्तरको छानबिन गर्न समिति गठन

जनकपुरधाम, २६ असार । मधेश सरकारले चालु आर्थिक वर्षको अन्त्यमा बजेट रकमान्तर गरेको भन्दै नेकपा एमालेले आरोप लगाएपछि छानबिन समिति गठन गरिएको छ । सोमबार बसेको मधेश प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको अनियमित रकमान्तरको विषयमा छानबिन गर्न १० सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरेको हो । समितिमा नेकपा एमालेका दिपेन्द्रकुमार ठाकुर, […]