सिरहा, २६ असार । सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयका लेखा अधिकृत पदमविनोद पोखरेल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले पोखरेललाई एक लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पोखरेलले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कार्यालयाबाट नियन्त्रणमा लिइएको हो ।