Skip to main content

काठमाडाैँ, २८ असार । कुवेतलगायत मुलुक जान लागेका एक सय ५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र असार २८ गते १८ जना गरी १ सय ५६ जनालाई फर्काइएको हो ।

अध्यागमनका वरिष्ठ अधिकृत झङ्कनाथ ढकालले उनीहरूको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदुतावासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरू देखिएको बताए ।

उनले उनीहरूका कागजातहरू सही वा गलत हुन सक्ने भन्दै शङ्कास्पद देखिएकाले मात्र रोकिएको स्पष्ट पारे । यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मात्रै निर्क्यौल हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *