चट्याङ लागेर एक वडा सदस्यको निधन

रोल्पा, ५ साउन । चट्याङ लागेर रोल्पामा एक वडा सदस्यको निधन भएको छ । चट्याङमा परेर सुनछहरी गाउँपालिका–३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको हो । मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ । चट्याङकै अर्को घटनामा थप २ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका–२ मा परेको चट्याङमा परेर […]
उत्तराखण्डको चमोलीमा करेन्ट लागेर १६ जनाको मृत्यु

एजेन्सी। भारतकाे उत्तराखण्डमा चमोली शहरमा करेन्ट लागेर १६ जनाको मृत्यु भएको छ । सो शहरमा रहेको नमामि गंगे आयोजनाअन्तर्गत निर्माणाधीन आयोजनाको अलकनंदा नदी किनारमा ट्रान्सफर्मर पड्किएर करेन्ट चुहावट हुँदा १६ जनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार करेन्ट लागेर घाइते भएका २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार विद्युत प्रवाह […]
नेपालको पासपोर्ट कम शक्तिशाली, १०३ देशमध्ये ९८ औँ स्थानमा

काठमाडौँ, ३ साउन । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी) हरूको सूचीमा नेपाल १०३ देशमध्ये ९८ औँ स्थानमा परेको छ । विश्वका विभिन्न देशको पासपोर्टको र्याङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको हो । ९८औँ स्थानमा रहेको नेपालको पासपोर्टले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ । सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ । […]
संघीय सांसदलाई पाँच–पाँच करोड दिने कार्यक्रमविरुद्ध रिट

काठमाडौँ, ०३ साउन । संघीय सांसदलाई जनही पाँच करोड दिने सरकारको कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विधार्थी अविनेश अधिकारीले बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । रिटको पेशी असार ४ गतेका लागि तोकिएको छ। आर्थिक वर्ष २०८०–८१ को आयव्ययको वक्तव्यको बुदाँ नं. ४२५ […]
मुक्त हरवाचरवाको प्रश्न– लगत संकलन र पुनर्स्थापना कहिले हुन्छ ?

जनकपुरधाम, ०२ साउन । जनकपुरधाममा प्रथम हरवाचरवा मुक्ति दिवस मनाइएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले हरवाचरवा मुक्ति दिवसको अवसरमा मंगलबार गरेको कार्यक्रममा सहभागीहरूले हरवाचरवाहरूको अझै पुनर्स्थापना हुन नसकेको गुनासो गरेका छन् । कार्यक्रममा मञ्चका अध्यक्ष दशनलाल मण्डलले एक वर्षअघि मुक्तिको घोषणा गरिए पनि हालसम्म लगत सङ्कलन तथा पुनर्स्थापना कार्यक्रम अगाडि बढ्न नसकेको गुनासो गर्नुभयो […]
नेपाल र भारतका अर्थमन्त्रीबीच भेटवार्ता

भारत, ०२ साउन । भारतको गुजरातमा भइरहेको जी–२० अर्थमन्त्रीहरूको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय साइडलाइन बैठक भएको छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिए । अर्थमन्त्री […]
शेयर बजार ९.९१ अंकले बढ्यो

नयाँ आर्थिक वर्ष लागेपछिको लगातार साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। मंगलबार सेयर बजार परिसूचक नेप्से ९.९१ अंकले वृद्धि हुँदा २१५४.०७ को विन्दुमा बन्द भएको छ । नेप्सेमा मंगलबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र […]
विदेश भ्रमणमा जाने नेपाली पर्यटकहरूले कर तिर्नपर्ने

काठमाडाैँ, ०२ साउन । विदेश भ्रमणमा जाने नेपाली पर्यटकहरूले अब कर तिर्नपर्ने भएको छ । आन्तरिक राजस्व विभागले जारी गरेको वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि यस्तो प्रावधान राखिएको हो । आर्थिक ऐनको दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख छ । सोही […]
अमेरिकी डलरसहित एक विदेशी नागरिक समातिए

काठमाडौँ, ०२ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० हजार अमेरिकी डलरसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमद पक्राउ परेका हुन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको रकम प्रहरीले बरामद् […]
सेयर बजारमा हरियाली साथै कारोबार रकम पनि बढ्यो

आर्थिक वर्ष २०७९/८० को सोमबार नेप्सेमा हरियाली देखिएको छ। सोमबार नेप्से परिसूचक ४७.०७ अंक बढेर २१४४.१६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६० अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ३७ […]