Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३ साउन । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी) हरूको सूचीमा नेपाल १०३ देशमध्ये ९८ औँ स्थानमा परेको छ । विश्वका विभिन्न देशको पासपोर्टको र्‌याङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको हो ।

९८औँ स्थानमा रहेको नेपालको पासपोर्टले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ । सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ । जसले २७ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । एक नम्बरमा रहेको सिंगापुरको पासपोर्टले १९२ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । १९० देश प्रवेश पाउने जमर्नी, इटाली र स्पेनको पासपोर्ट दोस्रो स्थानमा छन् । दक्षिण कोरिया र जापानको १८९ देशमा पहुँच पाउने पासपोर्ट तेस्रो स्थानमा छ । अमेरिकाको पासपोर्ट आठौँ स्थानमा रहेको छ भने यसले १८४ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । त्यस्तै भारतको पासपोर्ट ८० औँ स्थानमा रहेको छ ।

यसले विश्वका १९९ पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्रि भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *