Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ०३ साउन । संघीय सांसदलाई जनही पाँच करोड दिने सरकारको कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विधार्थी अविनेश अधिकारीले बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । रिटको पेशी असार ४ गतेका लागि तोकिएको छ।

आर्थिक वर्ष २०८०–८१ को आयव्ययको वक्तव्यको बुदाँ नं. ४२५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) सम्बन्धी व्यवस्था नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *