Samajik Feed – News Portal from Nepal

रोल्पा, ५ साउन । चट्याङ लागेर रोल्पामा एक वडा सदस्यको निधन भएको छ ।

चट्याङमा परेर सुनछहरी गाउँपालिका–३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको हो । मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ । चट्याङकै अर्को घटनामा थप २ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका–२ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालकसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *