Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ०२ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० हजार अमेरिकी डलरसहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।

नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमद पक्राउ परेका हुन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको रकम प्रहरीले बरामद् गरेको हो । आवश्यक अनुसन्धानका लागि उनलाई राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *