सीआईबीबाट सुन तस्करी प्रकरणको अनुसन्धान सुरु

काठमाडाैँ, २२ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुरु गरेको छ । यो प्रकरण अनुसन्धानका लागि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेको छ । आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो । विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरण अनुसन्धानको जिम्मा प्रहरीलाई […]
लोकसभामा राहुल गान्धीको पुनर्बहाली

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित भएको छ । मानहानि मुद्दामा सर्वोच्च अदालतले नेता गान्धीलाई दोषी नठहराएपछि लोकसभा सचिवालयले मंगलबार सूचना जारी गर्दै सांसद् पद बहाली भएको जनाएको हो । यसअघि गुजराजको सुरत जिल्ला अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो […]
बैंकहरूको खराब रिपोर्टले, नेप्से सूचकांक ३८.३७ अंकले घट्यो

२१ साउन, जनकपुर । (नेप्से) परिसूचक अघिल्लो दिनको बन्दको तुलनामा ३८ दशमलव ३७ अंक वा १ दशमलव ८३ प्रतिशतले दोहोरो अंकले घटेर २ हजार ५१ दशमलव ४७ अंकमा बन्द भएको छ । यस दिन २ अर्ब ६८ करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर कारोबार भएको छ। घट्दो बजारमा कारोबार रकम बढ्नुलाई राम्रो मानिदैन। यसले […]
उजुरी परेपछि आरोप प्रमाणित गर्न मन्त्री यादवको चुनाैती

जनकपुरधाम, २१ साउन । कमिशन लिएर बजेट रकमान्तर गरेको आरोप लागेपछि मधेश प्रदेशकी मन्त्री सुनिता यादवले आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ । आइतबार सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री यादवले यस्तो चुनौती दिनुभएको हो । मन्त्री सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले शंकास्पद रकमान्तर गरेको उजुरी अख्तियार दुरुपयोग […]
भारतको इकाैनामा कार दुर्घटना, ६ नेपालीको मृत्यु

भारत । भारतमा कार दुर्घटनामा परी नेपालगञ्जका एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको यूपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति छाडा गाईवस्तुलाई बचाउने क्रम रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता, ५ […]
भीभीआईपी र भीआईपी स्वास्थ्य उपचार समिति गठन

काठमाडौँ, २१ साउन । सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) स्वास्थ्य उपचार समिति गठन गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा यो समिति गठन गरेको हो । समितिका सदस्यहरूमा नेपालका चर्चित वरिष्ठ चिकित्सकहरूलाई समावेश गरिएको छ । जसमा प्रा. डा. भगवान […]
गौर हत्याकाण्डका पीडितहरू र सरकारबीच भोलि वार्ता

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्डका पीडितहरूलाई वार्ता आउन आग्रह गरेसँगै शनिबार बिहान वार्ता हुने निश्चित भएको छ । प्रधानमन्त्री दाहालसँग शनिबार बिहान ८ बजे वार्ता हुने तय भएको संघर्ष समितिले जनाएको हो । बिहीबार प्रधानमन्त्रीको निजी सचिवालयले समितिका संयोजक रूपसागर उपाध्यायका नाममा पत्र जारी गर्दै वार्ताका लागि आग्रह गरेको थियो । […]
के हो आँखा पाक्ने रोग ?

जनकपुरधाम, १९ साउन । भारतसँगै नेपालमा पनि आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ । संक्रमण फैलिएसँगै आँखा अस्पतालहरूमा अहिले आँखा पाक्ने रोगका बिरामीको चाप बढेको छ । यो रोगलाई अंग्रेजीमा कन्जुटिभाइटिस Conjunctivitis भन्ने गरिन्छ । यो रोगको प्रकोप जनकपुरधामलगायत मधेशका जिल्लाका सीमावर्ती क्षेत्रमा बढी देखिएको छ । यसको प्रकोप न्यूनीकरणका लागि भन्दै जनकपुरधाम नगरभित्रका विद्यालयसहित […]
जनकपुरधामका शैक्षिक संस्था एक साताका लागि बन्द

जनकपुरधाम, १९ साउन । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्रका शैक्षिक संस्थाहरू एक साताका लागि बन्द गर्न आग्रह गरेको छ । उपमहानगरले शुक्रबार सूचना जारी गरी जनकपुरधामका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण संस्थाहरू एक साताका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि उपमहानगरले यस्तो निर्णय गरेको हो । सम्भावित […]
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडाैँ, १८ साउन । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको हो । साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि मात्रै उनले न्यायपालिकाको […]