Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, १९ साउन । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्रका शैक्षिक संस्थाहरू एक साताका लागि बन्द गर्न आग्रह गरेको छ । उपमहानगरले शुक्रबार सूचना जारी गरी जनकपुरधामका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण संस्थाहरू एक साताका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि उपमहानगरले यस्तो निर्णय गरेको हो । सम्भावित जोखिम न्यूनीकरण गर्न जानकी आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *