भारत । भारतमा कार दुर्घटनामा परी नेपालगञ्जका एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको यूपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति छाडा गाईवस्तुलाई बचाउने क्रम रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता, ५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको छ ।
त्यस्तै, निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि मृत्यु भएको छ । दुर्घटनामा निधन हुने ६ जना नै नातेदार रहेका छन् ।
वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । घटनामा चालक गम्भीर घाइते रहेका छन् । बाँकेका एसपी सन्तोषसिंह राठौरले घटनामा ६ जनाको मृत्यु भएको र उनीहरूको भारतमा नै पोष्टमार्टम हुने बताए । पोष्टमार्टमपछि शव ल्याउने विषयमा समन्वय भइरहेको छ ।