Samajik Feed – News Portal from Nepal

टिपरको ठक्करबाट एक चिकित्सकको मृत्यु

विराटनगर, १२ भदौ । मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार चिकित्सकको मृत्यु भएको छ । आज बिहान उर्लाबारी नगरपालिका– ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा डाक्टर निरज यादवको मृत्यु भएको हो । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर […]

महरा बाबुछोरामाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन

काठमाडौँ, ११ भदौ । विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको तयारी गरिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’ मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई […]

सातवटै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई आवास भवन हस्तान्तरण

ललितपुर, ११ भदाै । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई संघीय सरकारले आलिशान आवास भवन बनाएर हस्तान्तरण गरेको छ । ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको भवन आइतबार मुख्यमन्त्रीहरूलाई हस्तान्तरण गरिएको हो । ७ वटा भवनमा १४ ब्लक छन् । तिनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवाससहित सम्पर्क कार्यालय रहने छन् । प्रत्येक ब्लकमा दुई इकाई छन् । तीमध्ये एउटा प्रदेश […]

ललिता निवास जग्गा प्रकरण: चार पूर्वमन्त्रीसहित दुई सय ९० जनामाथि मुद्दा

काठमाडौँ, १० भाद्र । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्रीसहित दुई सय ९० जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा उनीहरूमाथि मुद्दा दायर गरेको हो । सीआईबीले दिएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । प्रतिवादीहरूमाथि सरकारी लिखत तथा […]

सिन्धुलीमा बाढीले बगाएर बेपत्ता भएका आमाछोराको शव फेला

सिन्धुली, १० भाद्र । सिन्धुलीमा बाढीले बगाएर बेपत्ता भएका हरिहरपुरगढीका आमाछोराको शव फेला परेको छ । तीन दिनअघि बेपत्ता भएका २८ वर्षीय राजकुमार गोलेको शव हरिहरपुरगढी गाउँपालिका–६ को क्यानखोला र खड्कुले खोलाको दोभानमा फेला परेको छ । गोलेकी ५७ वर्षीया आमा मायाकुमारीको शव रौतहटको बागमती किनारमा फेला परेको प्रहरीले जनाएको छ । हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका […]

सुनसरीको धरानमा लगाइएको निषेधाज्ञा हट्यो

सुनसरी, १० भाद्र । सुनसरीको धरानमा आइतबार बिहानदेखि निषेधाज्ञा हटेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएसँगै आइतबार बिहानैबाट धरानमा चहलपहल सुरु भएको छ । साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरपालिका क्षेत्रमा गएको शुक्रबार रातिदेखि शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको कारण शनिबार दिनभर धरान सुनसान बनेको थियो […]

उपहारमा आइफोन आयो भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, ८ भाद्र । उपहारस्वरूप आइफोन आइपुगेको र यसका लागि भन्सार शुल्क खातामा जम्मा गर्न लगाउँदै ठगी गर्दै आएका दुई जना पक्राउ परेका छन् । प्रहरीले पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादवलाई पक्राउ गरेको हो । उनीहरूले सामाजिक सञ्जालमार्फत ५० लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बडे भाइ र छोटे भाइको […]

भारतको मिजोरममा निर्माणाधीन पुल भत्कियो, २६ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर पूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ । एक प्रहरी अधिकारीका अनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो । […]

हिरासतमै महिलामाथि बलात्कार भएको सप्तरी प्रहरीमाथि आरोप

सप्तरी, ८ भदौ । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिलाले आफूमाथि प्रहरी अधिकृतले यातना दिई बलात्कार गरेको आरोप लगाएकी छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखले कुटपिट गरी जबरजस्ती करणी गरेको अभियुक्त महिलाले आरोप लगाएकी हुन् । उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल […]

वीरगञ्जका मेयर सिंहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ, ७ भदौ । मन्त्रिपरिषद् बैठकले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अमेरिका भ्रमण स्वीकृत गरेको छ । साउन ३० गते बसेको मन्त्रिपरिषद्को निर्णय बिहीबार सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले सार्वजनिक गरेकी हुन् । जसअनुसार असोज १३ देखि १७ गतेसम्म अमेरिकाको टेक्सासमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको भ्रमण स्वीकृत गरिएको […]