काठमाडौँ, १० भाद्र । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्रीसहित दुई सय ९० जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा उनीहरूमाथि मुद्दा दायर गरेको हो । सीआईबीले दिएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।
प्रतिवादीहरूमाथि सरकारी लिखत तथा दस्तखत किर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेको छ । मुद्दा दर्ता गरिएकामध्ये ५२ जनालाई जग्गा जफत प्रयोजनमा प्रतिवादी बनाइएको छ । सरकारी वकिलले सरकारी दस्तखत तथा लिखत किर्तेको कसुरमा संलग्न भएको देखिएका सर्वसाधारणविरुद्ध एक वर्ष कैद सजाय माग दाबी गरेको छ ।
त्यस्तै सरकारी अधिकारी र मन्त्रीहरूलाई दुई वर्ष कैदको सजाय माग दाबी गरिएको छ ।