Samajik Feed – News Portal from Nepal

सिन्धुली, १० भाद्र । सिन्धुलीमा बाढीले बगाएर बेपत्ता भएका हरिहरपुरगढीका आमाछोराको शव फेला परेको छ ।

तीन दिनअघि बेपत्ता भएका २८ वर्षीय राजकुमार गोलेको शव हरिहरपुरगढी गाउँपालिका–६ को क्यानखोला र खड्कुले खोलाको दोभानमा फेला परेको छ । गोलेकी ५७ वर्षीया आमा मायाकुमारीको शव रौतहटको बागमती किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका आमाछोरा घाँस काटेर घर फर्कंदै गर्दा स्थानीय खड्कुले खोला पार गर्ने क्रममा बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *