सूर्यको अध्ययन गर्न भारतद्वारा ‘आदित्य-L1’ प्रक्षेपण

बीबीसी । भारतले सूर्यको अनुसन्धान गर्न ‘आदित्य L1’ यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। दक्षिण भारतमा पर्ने श्रीहरिकोटाबाट शनिबार यो यान प्रक्षेपण गरिएको हो । भारतीय अन्तरिक्ष निकाय इसरोले अन्तरिक्ष यान रकेटबाट छुट्छिएर आफ्नो लामो यात्रा सुरु गरिसकेको जनाएको छ। सूर्य मिसन भए पनि यो अन्तरिक्ष यान सूर्यको नजिकै भने जाने छैन । आदित्य-L1 पुग्नु पर्ने […]
महिला टि–ट्वन्टी विश्वकप छनौट : नेपालद्वारा भुटान पराजित

काठमाडौँ, १७ भाद्र । आईसीसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट एसियाली छनौट खेलमा नेपालले भुटानलाई ३ विकटले पराजित गरेको छ । मलेसियामा आइतबार भएको खेलमा भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बलेबासेले अविजित १२ रन बनाउँदै टोलीलाई विजयी गराइन् । […]
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडाैँ, १५ भाद्र । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाति दुख्ने समस्या भएपछि उनलाई शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । उपचारमा समलग्न चिकित्सकका अनुसार शाहको अहिले स्वास्थ्य परीक्षण भइरहेको छ । उनलाई गम्भीर समस्या भने देखिएको छैन । उनलाई भोलिसम्ममा डिस्चार्ज गर्न सकिने चिकित्सकले बताएका छन् । यसअघि पनि शाहलाई […]
महिला टि–२० विश्वकप एसिया छनोट: नेपालद्वारा बहराइन १० विकेटले पराजित

काठमाडौँ, १५ भदौ । आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले जित हासिल गरेको छ । मलेसियाको क्वालालाम्पुरमा भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले हराएको हो । लगातार दोस्रो जित निकाल्न सफल नेपालले सेमिफाइनल पुग्ने सम्भावना मजबुत बनाएको छ । जितको लागि ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट […]
कमला नदीमा एक किशाेरको शव फेला

सिरहा, १४ भदाै । कमला नदीमा एक किशोरको शव फेला परेको छ । सिरहा–धनुषाको सिमानामा पर्ने कमला नदीमा सिरहाको मिर्चैया–४ जितमाहन टोलका १८ वर्षीय राजेश कापडिको शव फेला परेको हो । कापडि बुधबारदेखि बेपत्ता भएका थिए । उत्तरबाहिनी कमलामा स्नान गर्ने गएका बेला उनी बेपत्ता भएका थिए । उनको खोजी बुधबार रातिबाटै सुरु गरिएको थियो […]
चीनको पाँचदिने भ्रमण रद्द गरेको बालेनद्वारा घोषणा

काठमाडौँ, १४ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो पाँचदिने चीन भ्रमण रद्द गरेको घोषणा गरेका छन् । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतभित्र देखाएपछि त्यसको विरोध स्वरुप आफ्नो चीन भ्रमण रद्द गरेको घोषणा गरेका हुन् । बालेनले बिहीबार फेसबुकमा लेखेका छन्, ‘हामी नेपालले २०७७ […]
महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

मलेसिया, १४ भाद्र । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बिहीबार नेपालले घरेलु टिम मलेसियालाई ५ रनले पराजित गरेको हो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो । मलेसियका लागि अइना हमिजाहले १४ रन र दुराइसिंहमले २८ रनको योगदान गरे । […]
पर्साको ठोरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

पर्सा, १४ भाद्र । पर्साको ठोरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ठोरी गाउँपालिका– ५ सुवर्णपुरका ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय ठोरीका अनुसार घरभन्दा अलि परको गोठमा रहेका गोरु हेर्न गएका कान्छालाल नफर्केछि खोजी गर्ने क्रममा गएराति उनको शव बाघले आक्रमण गरेको अवस्थामा फेला परेको […]
भारतको अरुणाचल प्रदेश समेटेर चीनले जारी गर्यो नयाँ नक्सा

बीबीसी । चीनले सोमवार नयाँ नक्सा जारी गरेको छ। त्यसलाई आफ्नो ‘प्रचलित नक्सा’ बताएको बेइजिङले अरुणाचल प्रदेश र अक्साई चीनलाई पुनः एकपटक चीनको हिस्साको रूपमा उल्लेख गरेको छ। चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा प्रस्तुत गरिएको छ। उक्त नक्सा सार्वजनिक गर्दै चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अङ्ग्रेजी दैनिक द […]
१७ वर्षीया किशोरीमाथि बलात्कार, एक जना पक्राउ

काठमाडौँ, १२ भदौ । भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँको नरेफाट बस्ने ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्यबहादुर भण्डारीलाई सोमबार साँझ पक्राउ गरेको हो । भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी […]