काठमाडाैँ, १५ भाद्र । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
छाति दुख्ने समस्या भएपछि उनलाई शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।
उपचारमा समलग्न चिकित्सकका अनुसार शाहको अहिले स्वास्थ्य परीक्षण भइरहेको छ । उनलाई गम्भीर समस्या भने देखिएको छैन ।
उनलाई भोलिसम्ममा डिस्चार्ज गर्न सकिने चिकित्सकले बताएका छन् ।
यसअघि पनि शाहलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।