Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १७ भाद्र । आईसीसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट एसियाली छनौट खेलमा नेपालले भुटानलाई ३ विकटले पराजित गरेको छ ।

मलेसियामा आइतबार भएको खेलमा भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बलेबासेले अविजित १२ रन बनाउँदै टोलीलाई विजयी गराइन् । बलिङतर्फ भुटानकी अञ्जुली घलेले ३ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । भुटानका लागि कप्तान देछेन वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । नेपालकी पुजा महतोले तीन तथा कविता कुवँर, खुसी डंगोल र रुबिना क्षेत्रीले एक एक विकेट लिए ।

लगातार तेस्रो जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने संभावना बलियो पारेको छ । पहिलो खेलमा मलेसियालाई पाँच रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *