Samajik Feed – News Portal from Nepal

सिरहा, १४ भदाै । कमला नदीमा एक किशोरको शव फेला परेको छ । सिरहा–धनुषाको सिमानामा पर्ने कमला नदीमा सिरहाको मिर्चैया–४ जितमाहन टोलका १८ वर्षीय राजेश कापडिको शव फेला परेको हो ।

कापडि बुधबारदेखि बेपत्ता भएका थिए । उत्तरबाहिनी कमलामा स्नान गर्ने गएका बेला उनी बेपत्ता भएका थिए । उनको खोजी बुधबार रातिबाटै सुरु गरिएको थियो । कापडि बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *