Samajik Feed – News Portal from Nepal

विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, २६ भाद्र । विदेश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा […]

विमानस्थलबाट करिब १ किलो सुन बरामद्

काठमाडौँ, २६ भाद्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद् गरेको छ । कतारको दोहा हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौँ आएका यात्रुले सो सुन ल्याएको खुलेको हो । उनलाई काठमाडौँ प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाको पहिचान भने प्रहरीले हाल गोप्य राखेको छ । ६० किलो ७ सय १६ ग्राम […]

एसिया कप : भारतद्वारा पाकिस्तानलाई ३५७ रनको लक्ष्य

श्रीलंका, २५ भाद्र । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ। आइतबार वर्षाले प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोड्यो । भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे। कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ […]

मोरक्कोमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुग्यो

एजेन्सी । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुगेको छ । भूकम्प गएको दुई दिनपछि त्यहाँका उद्धारकर्ताहरू अझै जीवित मानिसको खोजिमा जुटेका छन् । उद्धारकर्ताहरू सबैभन्दा प्रभावित क्षेत्रमा पुग्न अझै नसकेको बताइएको छ । भूकम्पका कारण सडक र पुलहरु अवरुद्ध भएका थिए । भूकम्पले बढी प्रभावित भएको सानो शहर अमिज्मिजमा जताततै […]

नेपालगञ्जमा स्रोत नखुलेको २६ लाखसहित कर अधिकृत पक्राउ

बाँके, २५ भाद्र । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण […]

दिपिकाले जितिन् ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि

काठमाडाैँ, २४ भाद्र । ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि जेन दिपिका ग्यारेटले जितेकी छन् । काठमाडौँमा भएको प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै दिपिकाले ‘मिस युनिभर्स नेपाल’ को उपाधि जितेकी हुन् । उनलाई सन् २०२२ की मिस युनिभर्स सोफिया भुजेलले ताज लगाइदिएकी थिइन् । दिपिकाले उपाधिसँगै इलेक्ट्रिक स्कुटर प्राप्त गरेकी छन् । साथै उनले अब […]

एसिया कप क्रिकेट: आज भारत र पाकिस्तान भिड्ने

श्रीलंका, २४ भाद्र । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु हुनेछ। सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ। यस एसिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त […]

सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यु

सर्लाही, २३ भाद्र । कृष्णाष्टमीको मूर्ति बिसर्जनका क्रममा दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यु जारी भएको छ। शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो । प्रशासनले पुरानो मलंगवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम […]

रौतहटमा एक पुजारीमाथि सांघातिक हमला

रौतहट, २२ भाद्र । रौतहटमा एक पुजारीमाथि आक्रमण भएको छ । गएराति दूर्गा भगवती गाउँपालिकामा पुजारी मिश्रीलाल साहमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको हो । दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोलस्थित श्रीरामजानकी मन्दिरका पुजारी साहमाथि मन्दिर छेउमै आक्रमण भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले घटनाको पुष्टि गर्दै आक्रमणमा संलग्न रहेको आशंकामा एक […]

‘सरकार मरिसक्यो’ भन्दै आरतीको परिवारद्वारा कपाल मुण्डन

काठमाडौँ, २२ भाद्र । आरती साहको न्यायका लागि धर्नामा बस्दा लामो समय बित्दासमेत सरकारले बेवास्ता गरेको भन्दै परिवारका सदस्यहरूले कपाल मुण्डन गरेका छन् । मृतक आरतीकाे परिवारका सदस्य करिब तीन महिनादेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । तर, सरकारले आफूहरूलाई बेवास्ता गरेको उनीहरूको आरोप छ । ‘आरती साहको परिवारको लागि यो सरकार मरिसकेको छ […]