Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २६ भाद्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद् गरेको छ ।

कतारको दोहा हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौँ आएका यात्रुले सो सुन ल्याएको खुलेको हो । उनलाई काठमाडौँ प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाको पहिचान भने प्रहरीले हाल गोप्य राखेको छ ।

६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला फेरि विमानस्थलबाट करिब १ किलो सुन बरामद् गरिएको छ ।

यसअघि हङकङबाट ल्याएको ६० किलो सुन बरामद गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *