Samajik Feed – News Portal from Nepal

श्रीलंका, २४ भाद्र । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् ।

यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु हुनेछ।

सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ।

यस एसिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुदैछ । समुह चरणमा भएको खेल वर्षाले रद्द भएपछि दुवैले बाँडेका थिए ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा वर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ डे हुने औपचारिक घोषणा गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *