Samajik Feed – News Portal from Nepal

घुस लिएको अभियोगमा पक्राउ परेका महतोविरुद्ध मुद्दा दायर

काठमाडाैँ, १६ असोज । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिए वापत् सेवाग्राहीसँग २५ हजार घुस माग गरिरहेको अवस्थामा गत […]

बझाङ केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँ, १६ असोज । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । यो परकम्प नभएर नयाँ भूकम्प भएको जनाएको छ । त्यस्तै सोही क्षेत्रमा अर्को पनि धक्का मापन गरिएको छ । त्यसको […]

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु

बाँके, १६ असोज । नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको हो । नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) यति चार किल्ला सिमा क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, […]

१४ वटा मेनपावर कम्पनी निलम्बित

काठमाडाैँ, १५ असोज । वैदेशिक रोजगार विभागले १४ वटा मेनपावर कम्पनीलाई निलम्बन गरेको छ । विभागले वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त संस्थाहरूले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारहरूलाई जापान पठाएको आरोपमा यी मेनपावर कम्पनीलाई निलम्बन गरेको हो । विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार यस कार्यमा गुड […]

राजविराजबाट जनकपुरधाम आउँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु

सिरहा, १४ असोज । सिरहाको मिर्चैयामा बस अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । आइतबार दिउँसो राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना. ४ ख ७१८७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा मिर्चैया नगरपालिका–२ मल्हनियाँका अन्दाजी ४० वर्षका राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका ५० वर्षीय अनिलकुमार झाको मृत्युभएको हो । बस मिर्चैया नगरपालिका […]

सुन तस्करी प्रकरणको जाँच गर्न छानबिन आयोग गठन

काठमाडौँ, १४ असोज । सुन तस्करी प्रकरणको जाँच गर्न सरकारले छानबिन आयोग गठन गरेको छ ।  बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको हो । आयोगको सदस्यमा किशोरजङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन्‌ । आयोगलाई तीन महिनाको समय दिइएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा […]

सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाडौँ, १४ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिएका छन् […]

एसियाली खेलकुद : माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ, १४ असोज । माल्दिभ्सलाई १ सय ३८ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल विजयी भएको छ । तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपाल १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनलमा पुगेको हो । नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । जितका लागि २ सय १३ रनको […]

जनकपुरधाममा पनि चिकित्सकहरूद्वारा प्रदर्शन

जनकपुरधाम, १२ असोज । आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरूले जनकपुरधाममा पनि प्रदर्शन गरेका छन् । चिकित्सकहरूमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरूले शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अस्पताललाई शान्ति क्षेत्र बनाउनुपर्ने, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्नेलगायत माग गरेका […]

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ, १२ असोज । सरकार र राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो । सहमतिपछि आन्दोलन फिर्ता भएको छ । सहमतिबमोजिम प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा कार्यरत राहत शिक्षकलाई स्थायी परीक्षाका लागि उमेर हद नलाग्ने, शत प्रतिशत […]