सिरहा, १४ असोज । सिरहाको मिर्चैयामा बस अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । आइतबार दिउँसो राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना. ४ ख ७१८७ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा मिर्चैया नगरपालिका–२ मल्हनियाँका अन्दाजी ४० वर्षका राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका ५० वर्षीय अनिलकुमार झाको मृत्युभएको हो ।
बस मिर्चैया नगरपालिका वडा नम्बर ९ स्थित मारुती सिमेन्ट उद्योग अगाडि अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।
दुर्घटनामा परी २० जनाभन्दा बढी घाइते भएका छन् । बसका चालक र बस मिर्चैया प्रहरीको नियन्त्रणमा रहेका छन् ।