Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १६ असोज । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिए वापत् सेवाग्राहीसँग २५ हजार घुस माग गरिरहेको अवस्थामा गत भदौ १९ गते महतोलाई पक्राउ गरिएको थियो ।

आयोगका अनुसार आरोपी महतोलाई बिगो बमोजिम कारबाहीको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *