काभ्रेको पनौतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

काभ्रे, १४ कार्तिक । काभ्रेको पनौतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा गाडी चालक काभ्रे पनौती–२ कुशादेवीका ४० वर्षीय रविन आचार्य र बेथानचोक–२ का ५० वर्षीय शिवविक्रम केसीको मृत्यु भएको हो । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । घाइते हुनेमा बेथानचोक–२ बस्ने ४५ वर्षीय सारदा तिमल्सिना छिन् […]
आयोगद्वारा माध्यमिक तहमा ७१८ शिक्षक सिफारिस

काठमाडौँ, १४ कार्तिक । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ७१८ शिक्षक सिफारिस गरेको छ । माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताबाट छनौट भएका शिक्षकलाई नियुक्तिका लागि आयोगले सिफारिस गरेको हो । आयोगले अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका उम्मेदवारहरूको नाम स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेर पठाएको […]
प्रिन्सिपल हत्याको विरोधमा मधेशका निजी विद्यालयहरू बन्द

जनकपुरधाम, १४ कार्तिक । बाराको कलैयास्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश सर्राफको गोली हानी हत्या भएको घटनाको विरोधमा मधेश प्रदेशका सबै निजी विद्यालय बन्द गरिएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएकएशन (नेशनल प्याब्सन) मधेश प्रदेशको निर्णयमा मंगलबार प्रदेशका सबै निजी विद्यालयमा मंगलबार पठनपाठन बन्द भएको हो । एन प्याब्सन मधेशका अध्यक्ष डा. नन्दन यादवले […]
मधेश प्रदेशसभाको रिक्त सांसद् पदमा सञ्जिला यादवलाई पठाउने जसपाको निर्णय

काठमाडौँ, १३ कार्तिक । जनता समाजवादी पार्टीले मधेश प्रदेशसभामा रिक्त रहेको एक समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ । सोमबार बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले यादवको नाम टुंगो लगाएको हो । सिरहाकी सञ्जिलाकुमारी समाजवादी महिला संघकी मधेश प्रदेश अध्यक्ष पनि हुन् । समानुपातिक सांसद् विन्दुकुमारी यादवको गत भदौ २६ गते […]
प्रधानाध्यापक सर्राफको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

बारा, १३ कार्तिक । बारामा प्रधानाध्यापक रूपेश सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल सर्राफको आज गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् । घटनामा संलग्न रहेको आशंकामा उनलाई कलैयाबाट गरिएको छ । यद्यपी […]
बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या

बारा, १३ कार्तिक । बाराको कलैयास्थित बाल एकता इङ्गिलस बोर्डिङ्ग स्कूलका प्रनाधानाध्यपक रुपेश सरार्फ (गुड्डु) को हत्या भएको छ । कलैया–६ मदर्शा टोलमा मोटरसाइकलमा आएको समूहले सर्राफमाथि गाेली प्रहार गरेको हो । घाँटी तथा छातीमा गोली लागेका सर्राफको वीरगंजस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । […]
बैतडीमा १८ वर्षीया किशोरीमाथि करणी

बैतडी, १३ कार्तिक । बैतडीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ लडागाउँका १८ वर्षीय किशोरलाई आइतबार राति पक्राउ गरेको हो । गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ […]
प्रधानमन्त्री दाहाल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ, १२ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । चारदिने भ्रमणका लागि नेपाल आएका महासचिव गुटेरेस र प्रधानमन्त्री दाहालबीच आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेलगत्तै गुटेरेसले प्रधानमन्त्री दाहाललाई भेटेका छन् । गुटेरेस शनिबार राति […]
भारतको केरलामा बम विष्फोट, एक जनाको मृत्यु, ३६ जना घाइते

एजेन्सी । भारतको केरलामा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । कोच्चिस्थित येहोवा विटनेस कन्भेन्सन सेन्टरमा कार्यक्रम चलिरहेका बेला विष्फोट भएको हो । येहोवा विटनेस एक इसाई समुदाय हो । केरलका एडीजीपी अधिकारी अजीत कुमारका अनुसार करिब २ हजार मानिस […]
हमलामा परिवार नै गुमाएका अल–जजिराका पत्रकार २४ घण्टा नबित्दै काममा फर्किए

एजेन्सी । इजरायलले गरेको हमलामा आफ्नो परिवार नै गुमाएका अल-जजिराका टेलिभिजनका वरिष्ठ पत्रकार वाएल अल-दहदौह घटना भएको २४ घण्टा नबित्दै काममा फर्किएका छन् । बुधबार भएको इजरायली हवाई आक्रमणमा परी अल-जजिरा मिडिया नेटवर्कका गाजा ब्यूरो प्रमुख दहदौहका श्रीमती र दुई छोराछोरीको मृत्यु भएको थियो । दहदौहका नाति र परिवारका अन्य आठ सदस्य पनि आक्रमणमा मारिएका […]