काभ्रे, १४ कार्तिक । काभ्रेको पनौतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा गाडी चालक काभ्रे पनौती–२ कुशादेवीका ४० वर्षीय रविन आचार्य र बेथानचोक–२ का ५० वर्षीय शिवविक्रम केसीको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । घाइते हुनेमा बेथानचोक–२ बस्ने ४५ वर्षीय सारदा तिमल्सिना छिन् । मृतक दुवै जनाको उपचारका क्रममा सिरमेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।
पनौती–२ सिलाभज्याङमा बा.४ ख. ६७२३ को निसान गाडी ब्रेक फेल भई ६०० मिटर तल खसेको हो ।