Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १२ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । चारदिने भ्रमणका लागि नेपाल आएका महासचिव गुटेरेस र प्रधानमन्त्री दाहालबीच आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेलगत्तै गुटेरेसले प्रधानमन्त्री दाहाललाई भेटेका छन् । गुटेरेस शनिबार राति काठमाडौँ आइपुगेका थिए । महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *